सचेत समुदायकै स्वार्थीपनाका कारण महिलां हिंसा : नगरप्रमुख खड्का

तुलसीपुर,२० मंसीर ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सचेत समुदायकै स्वार्थीपनाका कारण महिला हिंसा बढेको बताउनुभएको छ । महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा लैगिंक समानता तथा सामाजिक समावेशीकरण नीतिको सिंहावलोकन विषयक कार्यशाला गोठीमा बोल्दै उहाँले व्यवस्थित र न्यायपूर्ण समाजको निर्माणका लागि नीति निर्माणमा ध्यान दिइने बताउनुभयो ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमममा उपप्रमुख स्यानी चौधरीले महिलामैत्री शासन व्यवस्था सञ्चालनमा विशेष ध्यान दिइने बताउनुभयो । उहाँले स्रोत साधनको सही व्यवस्थापन गर्दै महिलाहरुका हक अधिकारको सुनिश्चिता गरिने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बजेट व्यवस्थापन गर्दै महिलाहरुका लागि आकर्षक माग प्रस्तुत भए व्यवस्थापन गर्न सकिने बताउनुभयो । कार्यक्रमको सञ्चालन शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर