बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने एमाले अध्यक्ष ओलीको भनाइ

काठमाडौ, १३ मंसिर । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघले आज गरेको कार्यक्रममा उहाँले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी सत्रु नभएको भन्दै त्यसअनुसार बल प्रयोग गर्नु गलत भएको उहाँको भनाइ रहेको छ । चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ ? अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको पनि बताउनुभयो ।

हिजो एकीकृत वाग्मती सभ्यता परियोजनाले थापाथलीस्थित वाग्मती किरानामा बसेको सुकुम्बासीहरूलाई हटाउन खोज्दा झडप भएको थियो । सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त बन्यो । उनीहरूले आज सडकमा काठमाडाँै महानगरपालिकाका मेयर बालेन्द्र शाहको विरोध गर्दै प्रर्दशन समेत गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर