नेपाल भारत सीमानाका चार दिन बन्द हुने

काठमाडौ, २० कात्तिक । 

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल–भारत सिमानाकाचार दिनसम्म बन्द हुने भएको छ । रुपन्देहीको छपीयामा आज सम्पन्न नेपाल–भारत सिमावर्ती जिल्लाहरूको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म सिमानाका बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड (जिल्लाधिकारी) सहित सुरक्षा प्रमुखहरू सहभागी थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो प्रेस विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रमा हुने हातहतियार तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरू अपनाउने, नक्कली नोट नियन्त्रणलगायत साझा सवालमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धता बैठकमा भएको जानकारी दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर