इप्रका कृष्णनगरको सफलता २.७ के.जी. चरेस सहित २ जना पक्राउ

कृष्णनगर २ असोज ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर स्थित जामिया सोजुलुल रहमानी कम्प्लेक्स बाट विशेष सुचनाको अधारमा २ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगर पालिका ९ पर्सैनीका बर्ष १८ की मन्जु चौधरी र दाङ जिल्लाको अमउवा गाउँपालिका वडा नं २ बस्ने ३१ बर्षको जमालदिन मिया रहेको नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले जानकारी दिएका छन् ।
शैलेन्द्र पाण्डे अनुसार लागु औषध कारोबार गर्नेको नेपाल भारतमा समेत संजाल हुन सक्ने हुदाँ अनुसंधान भइरहेको र अन्यको संलग्नता भए नभएको, मुख्य गिरोह को हो भन्ने तर्फ पनि अनुसंधान गरिने बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर