सञ्चारकर्मी मगरलाई हातपात गर्नेमाथि तत्काल कारबाही गर्न प्रेस सेन्टर दाङकाे माग

घाेराही, ३० भदौ ।

प्रेस सेन्टर नेपाल, दाङले संगठनका साधारण सदस्य सञ्चारकर्मी एचआर मगरमाथि भएकाे हातपात तथा दुर्ववहारकाे घटना प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाकाे छ । सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीले विज्ञप्ति निकालेर सञ्चारकर्मी मगर माथि हातपात तथा दुव्यवहार गर्नेहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गर्नुभएकाे छ । मंगलबार तुलसीपुुर उपमहानगरपालिका वडा नं ७ स्थित गणेशपुर पार्कमा रिपोर्टिङका लागि गएका मगरलाई पार्क ब्यबस्थापन समितिका सदस्यहरुले दुर्ववहार गरेका थिए ।

“पार्कको भिडियो खिच्ने क्रममा सञ्चारकर्मी मगर माथि पार्क ब्यबस्थापन समितिका सदस्यहरुले गरेकाे हातपात र दुर्ववहारकाे हामी घाेर भ्रत्सना गर्दछाैं,” विज्ञप्तिमा भनिएकाे छ, “समाचार संकलन गर्न गएका सञ्चारकर्मी माथि भएकाे यसप्रकारकाे गुण्डागर्दी शैली र प्रेस स्वतन्त्र बिराेधी हर्कत तत्काल बन्द गर्न पार्क व्यवस्थापन सम्बद्ध समितिका सदस्यहरूलाई चेतावनी दिन चाहन्छाैं ।” विज्ञप्तिमा सञ्चारकर्मी मगर माथि हातपात गर्ने व्यक्तिहरूलाई पक्राउ गरि तत्काल कानुनी कारबाही गर्न सरकार समक्ष जाेडदार माग गरिएकाे छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर