दाङमा काम गर्न खेतमा गएका एक पुरुषको मृत्यु

तुलसीपुर,२१ असार ।

दाङमा खेतमा काम गर्न गएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ८ पिपरी बस्ने ४९ वर्षीय महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मंगलबार बिहान साढे ६ बजे खेतमा काम गर्न गएका चौधरीलाई खेतमा घोप्टो परेको अवस्थामा आफन्तीले देखेका थिए । घाइते अवस्थामा फेला परेका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान साढे १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर