आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ,१८ असार ।

 नेपालमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ४६७ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ४४ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार २०१ नमुनाको पीसीआर परीक्षण गर्दा ३३ र एक हजार २६६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ४९६ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर