लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँ पालिका बनाउछु बस्नेत

निराश पान्डे,

शान्तिनगर २० बैशाख ।

नेपाली कांग्रेस शान्तिनगर गाउँ पालिकाका अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले आफुले चुनाव जितेमा शान्तिनगर गाउँ पालिका लाई लुम्बिनीकै उत्कृष्ट गाउँ पालिका बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन साथै अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेत ले स्वास्थ्यमा टोल टोलमा एम्बुलेन्स सेवा निशुल्क बनाउने बताउदै आउदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा कांग्रेस उम्मेदवार हरु लाई जिताउनु पर्ने बताएका छन। नेपाली कांग्रेस वडा नम्बर ४ ले जुम्लेकुलामा गरेको कोणसभामा कांग्रेस महाधिवेशन प्रतिनिधि केसब आचार्य , कांग्रेस नेता यम प्रसाद शर्मा पान्डे, पुर्ब गाबिस अध्यक्ष मदन रसिक ले लोकतन्त्र रक्षाका लागि कांग्रेस लाई जिताउनु पर्ने बताएका थिए। कोणसभामा हुनु अघि उम्मेदवार हरु ले जुम्लेकुलामा घर दैलो गरेका थिए भने सभाको सभापतित्व प्रचारप्रसार संयोजक टीका राम तिवारी को अध्यक्षतामा भएको थियो। तेसै गरि नेपाली कांग्रेस वडा नम्बर तीन ले पनि आज भलानेटिमा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर