राप्ती गाउँपालिकाबाट ९ जनाको उम्मेदवारी फिर्ता

तुलसीपुर १६ वैशाख

 राप्ती गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सीता नेपाली सहित ९ जनाको उम्मेदवारी फिर्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी सीता नेपाली, जनता समाजवादी पार्टीबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी दिपशिखा न्यौपाने, नेकपा एकीकृत समाजवादीबाट वडा नं. ३ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हिमाल अधिकारी, सोही पार्टीबाट वडा नं. ७ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका राजकुमार खत्रीले उम्मेदवारी फिर्ता लिएको राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज अर्यालले जानकारी दिए ।

त्यसैगरि नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा नं. २ मा दलित महिला सदस्यमा उम्मेदवारी दिएका तारा सुनार, सोही पार्टीबाट सोही वडामा खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका प्रविण बहादुर कुमाल, सोही पार्टीबाट वडा नं. १ मा महिला सदस्य पदमा उम्मेदवारी दिएकी रिमा गुरूङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट वडा नं. १ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका गोविन्द रोका (गोपाल), सोही पार्टीबाट वडा नं. ३ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका रामकुमार चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर