हापुरेमा आयाेजित दुई दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

रामप्रसाद सुवेदी

हापुरे चैत २२ गते 
दाङको बबई गाउँपालिकाको हापुरेमा आयाेजित  दुई दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ। प्रेस चौतारी नेपाल दाङ शाखाको आयोजना तथा बबई गाउँपालिकाको  आर्थिक सहयोगमा सञ्चालन भएको तालिम आज एक कार्यक्रमका बिच  समापन गरिएको हो । प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष ईन्द्र डिसीको अध्यक्षता, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सबिन प्रीयासनको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो
 कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्य, बबई गाउँपालिकाका प्रबक्ता टंकराज बि.क लगायतकाले बक्ताहरुले तालिममा सिकेको सिपलाई ब्यबहामा लागू गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रमको ससहजिकरण प्रेस चौतारी नेपालका दाङ शाखा बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर राम्जाले गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर