तुलसीपुरमा नेपाल नेत्रज्योती संघकाे बार्षिक साधारणसभा सम्पन्न

फागुन २४ तुलसीपुर।

नेपाल नेत्रज्योती संघ दाङको १८ औं बार्षिक साधारणसभामा मंगलबार तुलसीपुर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ दाङका सभापति कृष्ण कुमार गिरीको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर ढुंण्डिराज लामीछानेले आंखा उपचार सेवालाइ जनउत्तरदायि र स्थानिय सरकारसंग जोड्नकालागी हरेक पालिकामा आंखा उपचार हेल्प डेक्स स्थापना गर्न पनि सुझाव दिनुभयो । साथै अस्पताललाइ रिसर्च सेन्टरका रुपमा स्तरबृद्धि गर्नकालागी आफुले पनि संबन्धित क्षेत्रमा पहल गर्ने बताउनुभयो ।

साधारणसभामा सभापति गिरीले अव राप्ती आंखा अस्पतालमै स्नातक तहसम्मकै अध्ययनको व्यावस्थापनकालागी पोखरा विश्वविद्यालयसंग सम्वन्धनका विषयमा छलफल समेत भैरहेको पनि साधारणसभाका अवसरमा जानकारी गराउनुभयो । अस्पतालमा आंखा रोगमा रेटिना, अकुलोप्लाष्टि नथा नानी पत्यारोपण सम्मको विशेषज्ञ सेवा उपलव्ध हुंदै आएको छ । ‘अस्पतालको भौतिक विकास र अस्पताललाई सुविधान सम्पन्न गराउन हामीहरु लागेका छों सवैको साथ र सहयोग हामीलाई आवश्यक छ सभापति गिरीले भन्नुभयो ।’

नेपाल नेत्रज्योती संघ दाङ शाखाका उपसभापति रेशम वहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती आंखा अस्पताल रक्षाचौरका प्रशासनिक संयोजक चिरन्जीवि रिजाल, लमही आंखा अस्पतालका घनश्याम सुवेदी तथा वहादुरगन्ज आंखा अस्पतालका प्रशासनिक संयोजक सारदा चौधरीले अ–आफ्नो अस्पतालले बर्षभरी सम्पन्न गरेका कामका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । तीनवटै अस्पतालका प्रमुख प्रशासक सम्सेर थापाले अस्पतालले स्थापनाकालदेखि हाल सम्म सम्पादन गरेका उपचारसेवाको फेहरीस्त प्रस्तुत गर्दै अस्पतालका भावि योजनाका विषयमा पनि जानकारी गराउनु भएको थियो ।

साधारणसभाका अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य गेहेन्द्र वली, नेकपा एमालेका उपसचिव कृष्ण भुषाल, जनता समाजवादी पार्टिका जिल्ला अध्यक्ष जिवन भण्डारी, मानव अधिकार तथा शान्तिसमाजका केन्द्रिय वरीष्ठ उपाध्यक्ष शुशिल बस्नेत, ज्येष्ठ नागरीक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी , पत्रकार शरद रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका सचिव शुरेन्द्र खड्काले बार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर