दाङमा १२ जनामा कोरोना संक्रमण पुष्टि

घोराही, १०-भदौ

 दाङमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा ६ जनाको एन्टीजेन परिक्षण गर्दा महिला र पुरुष ६/६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर जाँचबाट घोराहीका ७, र तुलसीपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय ४४ जना पुगेको छ ।

ति मध्य घरमा १ सय २८ जना, अक्सिजन सहितको उपचारमा ३ जना र १३ जना आईसियूमा रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर