हापुरे बजारमा हजुरको मास्क खोई ?’ अभियान सञ्चालन,

दाङ- २८ श्रावण

पश्चिम दाङको हापुरेमा कोरोना महामारी नियन्त्रण र रोकथाममा हाम्रो प्रतिबद्धता भन्ने नारा सहित ‘हजुरको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा फेरी पनि कोरोना जोखिम बढ्दै रहेको अस्वस्थामा ईलाका प्रहरी कार्यालय खिलतपुर, ईलाका प्रहरी कार्यालय हापुरेको आयोजना तथा तुलसीपुर यातायात प्रा.लि.को सहयोगमा आज हापुरे बजारमा ‘हजुरको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अनिवार्य मास्क प्रयोगको लागि प्रोत्साहन गर्नका लागि हजुरको मास्क खोई अभियान सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नविन चुडाली मगरले बताउनुभयो ।

त्यस अवसरमा हापुरे बजारमा भेटिएका बटुवालाईलाई मास्क प्रयोगको फाइदा बारेमा जानकारी सहित मास्क वितरण गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर