दाङमा २५ जना कोरोना संक्रमण पुष्टि, २४ जना संक्रमण मुक्त,
![](https://www.dangtvonline.com/wp-content/uploads/2021/05/FB_IMG_16224687654377812-692x461.jpg)
घोराही,
२८-साउन/
दाङमा आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७० जनामा गरिएको पिसिआर परिक्षणमा १३ पुरुष र १२ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा घोराहीका १७ जना, बबईका ३ जना, तुलसीपुर र लमहीका २/२ जना, र शान्तिनगरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
आज थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ५७ पुगेको छ । ति मध्य १ सय ३५ जना घरमा, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ६ जना रहेका छन् ।
यस्तै दाङमा २४ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा घोराहीका १४, लमहीका ३, तुलसीपुर र राप्तीका २/२ जना सबै घोराहीका रहेका छन् ।
आज थपिएका २५ जना सहित बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ६ सय ४४ जना रहेको छ भने ८ हजार २ सय ७८ जना निको भएका छन् । त्यस्तै बैशाख यता दाङमा कोरोनाका कारण २ सय ९ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।