दाङमा आज देखी भेरोसेलको दोस्रो डोज लगाउन सुरु
तुलसीपुर २७ साउन ।
दाङमा बुधबार देखि ३८ वटा खोप केन्द्रहरुबाट भेरोसेलको दोस्रो मात्राको खोप लगाईदै छ । दाङका आठ स्थानीय तहहरुले आजबाट र दुई स्थानियतहरुले भोलीबाट भेरोसेलको दोस्रो मात्राको खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
सबै पालिकामा एकैपटक व्यवस्थापन गर्न समस्या हुने भएकाले घोराही उपमहानगरपालिका र राजपुर गाउँपालिकाले भोलीबाट मात्रै कोरोना विरुद्धको भेरोसेलको दोस्रो डोज लगाउँने तयारी रहेको चन्दले बताए । भेरोसेलको पहिलो डोज लगाएका ४३ हजार जनालाई यो पटक खोप लगाईने उनको भनाई छ । भेरोसेलको खोप बुधबार बिहीबार र कुनै पालिकमा शुक्रबार सम्म लगाउने तयारी छ ।
खोप लगाउनको लागि तुलसीपुर उपमहानगरपालिकामा १८, बबई गाउँपालिकामा २, शान्तिनगरमा ३, दंगीशरणमा ३, बंगलाचुली गाउँपालिकामा ५ स्थानमा खोप केन्द्र तोकिएको छ । त्यसैगरी लमही नगरपालिकामा ३, गढवा गाउँपालिकामा ३, राप्ती गाउँपालिकामा २, घोराही उपमहानगरपालिकामा १९ र राजपुर गाउँपालिकाको ५ स्थानबाट खोप लगाईने फोकल पर्सन चन्दले जानकारी दिए ।