२४ घण्टामा देशभर ३८४० जनामा कोरोना संक्रमण पुष्टि, १९९३ जना डिस्चार्ज


साउन १३,काठमाडौं 
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बुधबारको प्रेस ब्रिफिङमा जानकारी दिए । 

यसअघि मंगलबार देशभर ३८९९ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो । 

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या  ७ लाख ४६ हजार ६५७ पुगेको छ भने त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । 
यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् । 

बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ भने जम्मा १५ हजार ८०८ जनाको नमुना परीक्षण भएको छ । 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर