दाङको शान्तिनगरमा थप ५ जना कोरोना संक्रमण पुष्टि, ४ जना डिस्चार्ज,
शान्तिनगर- २८ बैशाख
दाङको शान्तिनगर गाउँपालिकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको डिस्चार्ज भएको छ। आज थपिएका ५ जना संगै शान्तिनगरमा संक्रिय कोरोना संक्रमितको संख्या ८३ जना पुगेको छ ।
आज कोरोना संक्रमण पुष्टि भएका मध्ये १ जनाको अबस्था असामान्य भएकोले पालिकाको आईसालेशनमा राखिएको र अन्यको अबस्था सामान्य रहेकाले सबैलाई चिकित्सकको सम्पर्कमा रहन परामर्श गरि होम आईसोलेशनमा पठाईएको स्वास्थ्य संयोजक हरी पुनले जानकारी दिनुभयो ।