अक्सिजनको अभाव हुँदा दाङमा ८ जनाको मृत्यु,
तुलसीपुर, २८ बैशाख ।
दाङमा अक्सिजनको अभाव हुँदा ८ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत कोरोना संक्रमितको अक्सिजन अभावका कारण ८ जनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिनुभयो । दाङमा एक सय मात्रै अक्सिजन सिलिण्डर आपूर्ति भएपछि अक्सिजन अभावमा ८ जनाको मृत्यु भएको व्यवस्थापक वलीले बताउनुभयो ।
‘अक्सिजन अभावमा दैनिकजसो कोरोना संक्रमित बिरामीको मृत्यु हुन थाल्यो,’ व्यवस्थापक वलीले भन्नुभयो – यो हत्तेपाप हामी हेर्न सक्दैनौ । एक हजार व्यापक सिलिण्डर नहुँदासम्म संक्रमितलाई इन्ट्रि हुन दिदैनौ ।’