काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाण्डौ, २७ बैशाख ।

 काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्ब्याउने बारे सोमवार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।संयुक्त छलफलले थप १५ दिनका लागि निषेधाज्ञा थप्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले निषेधाज्ञा थप्नेबारे मङ्गलवार (भोलि) बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिनुभयो ।काठमाण्डौँ उपत्यकामा पहिलो चरणमा गएको १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि फेरि लम्ब्याउँदै आउँदो बुधवार (पर्सि) २९ गतेसम्मका लागि लम्ब्याइएको थियो ।मन्त्रिपरिषद्ले धेरै सङ्क्रमित भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई अवस्था हेरेर निषेधाज्ञा वा लकडाउन गर्ने अधिकार दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर