तुलसीपुरमा ६३ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
तुलसीपुर, १७ बैशाख ।
शुक्रबार तुलसीपुरमा ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको एन्टीजेन परीक्षणमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ३८ जना पुरुष र २५ जना महिला छन् । बिहान ८ बजेदेखि १० बजेसम्म ९१ जनामा ऐन्टिजेन परीक्षण गरिएको थियो ।तुलसीपुर उपमहानगरपालिका अन्र्तगत स्वास्थ्य महाशाखाको आयोजनामा बिहीबारदेखि राप्ती प्रादेशिक अस्पतामा ऐन्टिजेन परीक्षणको सुरु गरिएको छ ।बिहीबार २७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । तुलसीपुर क्षेत्रमा रहेका अतिविपन्न, कोरोना संकास्पद देखिएका व्यक्ति र वडाको सिफारिसमा निशुल्क एन्टिजेन परीक्षण गर्ने गरिएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो
एक्कासी स्वास्प्रस्वासमा समस्या देखिएपछि बेलझुण्डी लगियो त्यहाँ उपचारको बेड नपाएपछि ढाई घन्टापछि उहाँको मृत्यु भयो ।’भण्डारीलाई कोरोना पोजेटिभ देखिएपछि घोराहीको वुद्ध हस्पिटलले बिहीबार साँझ राम्रो भयो भन्दै घर पठाएको थियो । तर आफन्तले भने पोजेटिभ भएको कुरा आज मात्र थाहा पाएको बताएका छन् ।