वीरगञ्जमा थप १ कोरोना संक्रमित पुरुषको मृत्यु
१५ बैशाख, वीरगञ्ज ।
वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ७ रामटोल बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै वीरगञ्जमा बुधबार मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
स्वास्थ्यमा समस्या भएपछि बैशाख १२ गते उनलाई नारायणी अस्पतालमा उपचार गरिएको थियो । सोही दिन गरिएको एन्टीजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारको क्रममा बुधबार दिउँसो साढे २ बजे उनको मृत्यु भएको हाे ।