बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु
११ वैशाख, काठमाडौं ।
नेपालगञ्जको भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको खजुरा गाउँपालिका–२ की ७२ वर्षीय महिलाको उपचारका क्रममा शनिबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । वैशाख ७ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो ।