अमृतनगर टोलको साधारणसभा

तुलसीपुर, ५ वैशाख ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित अमृत नगर टोलको छैठौं साधारणसभा भएको छ । टोलका अध्यक्ष भागीराम थापाको अध्यक्षता तथा निवर्तमान अध्यक्ष डम्बर पुरी(भरत)को प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभाले पुनः भागीराम थापाकै अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी ओली, सचिबमा कमल भण्डारी, कोषाध्यक्षमा शारदा चौधरीलाई चयन गरिएको छ ।

त्यस अवसरमा बक्ताहरुले टोलको समग्र विकास, शान्ति स्थापना र उन्नयनकालागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तत्कालिन उपाध्यक्ष तेजबहादुर खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा शिक्षक डिल्लीराम भण्डारी,शिक्षक दोर्ण प्रसाद केसी, टोल समितिका पूर्व सचिब हिमाल कडेँललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण तत्कालिन सचिब देविका कोइरालाले गरेकी थिईन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर