देशभर ४९६ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप १३ जनाको मृत्यु
काठमाण्डौ
३० चैत ।
पछिल्लो २४ घण्टामा ४ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
७ सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय ६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।