दाङको फुलवारीमा पशु स्वास्थ्य शिविर
तुलसीपुर, २१ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारीमा पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था विजौरी शाखा र पशु सेवा शाखा तुलसीपुरको आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरबाट ६०० खसी, बाख्रालाई पीपीआर खोप र परजिवी विरुद्धको औषधी प्रदान गर्नुकासाथै पशु उपचार तथा बन्ध्याकरण गरिएको थियो ।
संस्थाका वजार व्यबस्थापक कमला कान्त दाहालको अध्यक्षता तथा पशु सेवा कार्यालय तुलसीपुरका पशु प्राविधिक टीका न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा उद्यम विकास अधिकृत फनाधार पोखरेल र जमुना राहु मगरले प्राविधिक सेवा प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण शाखा प्रबन्धक खगा भण्डारीले गरेकी थिईन् । शुक्रबार उक्त कार्यक्रम भएको हो ।