आज चट्याङसहित वर्षाको सम्भावना

चैत्र १ दाङ ।

मौसम पूर्वानुमान महाशाखाले आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको जनाएको छ । 

हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुका मौसम सामान्य सफा रहनेछ । 

बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । त्यस्तै, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका १/२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर