जसपाको तुलसीपुरमा एकता भेला

तुलसीपुर, २२ फागुन ।

जनता समाजवादी पार्टीको तुलसीपुर नगर पार्टी समायोजन तयारी बैठक भएको छ । पार्टीका जेष्ठ सदस्य एवम प्रदेश सल्लाहकार चूर्ण सुनारको अध्यक्षता एवम पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा बैठक भएको हो । वैठकले मिति २०७७ फागुन २९ गते नगर समायोजन भेला सम्पन्न गर्ने निर्णय गरेको छ ।

साथै वैठकमा अवको देशको निकाश समाजवादी आन्दोलनले मात्र गर्ने र अहिलेको शासकीय स्वरुपलाई परिवर्तन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक चुनावीय प्रणालीमा जानुनै अवकोे उत्तम विकल्प रहेको पार्टीका केन्द्रीय सदस्य हरि रिजालले बताए ।

वैठकमा पार्टीका संघीय परिषद सदस्य जीवन भण्डारी, नेता कृष्ण बैरागी ,सुरेन्द्र चन्द र टोपबहादुर महतरालगायतले मन्तव्य व्यक्त गरेका थिए । बैठकको सहजीकरण जिल्ला उपाध्यक्ष मोहनसिंह वलीले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर