विरामी परेपछि आफै अस्पताल पुगेका थिए पूर्वमन्त्री गिरीका वुवा

तुलसीपुर, २२ फागुन ।

पूर्व सिंचाई मन्त्री दीपक गिरीलाई पितृ शोक परेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका दाङ तुलसीपुर निवासी गिरीका वुवा लोकमनी गिरीको शनिबार मृत्यु भएको हो ।

८३ बर्षको उमेरमा दिउसो साढे २ बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । लोकमनी गिरी पूर्व राष्ट्रिय पञ्चायत सदस्य पनि हुन् । गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो । उनी शनिबार एक्कासी विरामी परेपछि आफै अटोरिक्सा चढेर प्रादेशिक अस्पताल गएका थिए । अस्पताल गएको केही समयपछि उनको निधन भएको हो । उनका तीन छोरा र एक छोरी छन् । दीपक गिरी, ज्वाला गिरी र ज्योती गिरी उनका छोराहरु हुन् । वुवाको निधनको खबर पाएलगतै दीपक गिरी काठमाडौंबाट दाङकालागि हिडेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर