युवा संघ तुलसीपुर १८ को भेला सम्पन्न

तुलसीपुर, १५ फागुन ।

नेकपा निकट युवा संघ वडा नं. १८ को भेला भएको छ । भेलाले रविन क्षेत्रीको संयोजकत्व र सागर चौधरीको सहसंयोजकत्वमा ३५ सदस्यीय वडा कमिटि गठन गरिएको छ । शनिबार युवा संघ तुलसीपुर उपमहानगर कमिटिका संयोजक जितबहादुर वलीको अध्यक्षता तथा नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काको प्रमुख आतिथ्यमा भेला भएको हो । भेलालाई सम्बोधन गर्दै पार्टीलाई सशक्त बनाउन युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यस अवसरमा नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम चौधरी, संघका जिल्ला संयोजक प्रेम बुढामगर, सहसंयोजक माधव बुढाथोकी, नेकपा दाङका सदस्य तुलाराम भण्डारी, युवा संघका नेता हरिष गिरी, जबिन राणा, महेश नेपालीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर