युक्त व्यबसायीक प्यानल भन्छ : ‘अरुलाई पटक–पटक, हामीलाई एकपटक’

तुलसीपुर, ३० माघ ।

संयुक्त व्यबसायीक प्यानलले शुक्रबार पनि प्रचार अभियानलाई तिब्र पारेको छ । बजारका सबै पसलमा गएर व्यबसायीलाई भेटघाट गर्नुकासाथै घरदैलो अभियान सञ्चालन गरिएको छ । अध्यक्षका उम्मेदवार रामप्रसाद चालिसे, बाणिज्य उपाध्यक्ष मिनराज भण्डारी, खुल्ला तर्फका उम्मेदवार रुपबहादुर खत्री र उद्योग तर्फका उम्मेदवार यज्ञ वहादुर केसी, सचिव पदका उम्मेदवार वेदप्रसाद वली, सहकोषाध्यक्षका उम्मेदवार टेकप्रसाद केसी सदस्यहरु नबीन राई, चन्द्र्रवहादुर वली, कमल डिसी, दुर्गाप्रसाद भुषाल,चक्रप्रकाश नेपाली, महिला सदस्यमा गंगा खड्का वली र निर्मला भुषालले अभियानलाई तिब्र पारेका छन् ।

अरुले पटक–पटक उद्योग बाणिज्य संघको नेतृत्व गर्ने अवसर पाएको भएपनि आफूले पहिलो पटक अवसर पाएमा व्यबसायीका समस्याहरु हल गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले व्यबसायी हकहितकालागि एकपटक आफूलाई काम गर्ने अबसर प्रदान गर्न व्यबसायीसंग आग्रह गरेका छन् ।

त्यस अवसरमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, नेता नारायण खनाल, नेकपाका तुलसीपुर नगर कमिटि अध्यक्ष खुसीराम चौधरीलगायत नेता तथा कार्यकर्ताले अभियानमा सहभागिता जनाएको चुनाब प्रचार–प्रसार उपसमितिका सह–संयोजक दीपक बोहराले जानकारी दिए ।

चुनाब फागुन १ गते हुँदैछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर