समाजकल्याण परिषद् र नेपाल संस्कृत विश्वविद्यालयका बीच सम्झौता

समाजकल्याण परिषद् र नेपाल संस्कृत विश्वविद्यालयका बीच परियोजना मूल्यांकनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनालाई फलीभूत तुल्याउन सामाजिक सेवाको क्षेत्रबाट योगदान दिँदै आएको संस्था समाजकल्याण परिषद् र नेपालका पाँचवटा विश्वविद्यालयका बीच सम्झौता भएको हो ।

सबै विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताका अवसरमा नेपालका पाँचवटै विश्वविद्यालयका पदाधिकारीहरुको उस्थिति रहेको थियो । माननीय महिला, बालबालिका एवम् समाजकल्याण मन्त्री तथा परिषद्का अध्यक्ष जुलीकुमारी महतोको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा संविधानसभाका अध्यक्ष माननीय सुवासचन्द्र नेम्बाङ्ग, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयहरूका सहकुलपति कृष्णगोपाल श्रेष्ठ, माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठको समेत विशेष अतिथिका रूपमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवप्रकाश लामिछानेका साथै अन्य सम्बद्ध विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिज्यूहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयका तर्फबाट उक्त समझदारीपत्रमा कुलसचिव माधव अधिकारी र परिषद्का तर्फबाट सदस्य सचिव पुष्कर खातीले हस्ताक्षर गर्नुभएको थियो ।

विश्वविद्यालयहरूसँग समझदारी र सहकार्य गरी स्नातकोत्तर र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरूलाई सामाजिक क्रियाकलापमा अभिमुख तुल्याउन र नेपालको आधारभूत ग्रामीण तथा सहरी क्षेत्रमा भैरहेका विकास आयोजनाहरूका बारेमा ज्ञान हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले समाज कल्याण परिषद्ले यस्तो कार्यक्रम अगाडि सारेको हो । यस कार्यक्रमअनुसार परिषद्बाट स्वीकृत गरिएका एक करोडभन्दा कम लागतका परियोजनाको अनुगमन मूल्याङ्कन विश्वविद्यालयहरूसँगको समझदारीमा विद्यार्थीबाट गरिने व्यवस्था मिलाइएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर