शिवराजमा विष्णु हमालको नेतृत्वमा नगर डोरीतान संघ गठन ।
शिवराज नगरपालिकामा अन्तर्गत डोरीतान संघ गठन भएको छ । कपिलवस्तु डोरीतान संघको आयोजनामा समिति गठन तथा एक दिने सेमिनार कार्यक्रम सम्पन्न भएको छ । सन् २००१ देखि नेपालमा भित्रिएको खेलको ४० वटा जिल्लामा समिति गठन भएको र अरु जिल्लामा निर्माण हुने क्रम जारी रहेको कपिलवस्तु संघका अध्यक्ष निमराज बेल्वासेले यो एतिहासिक र पुरानो खेल भएको बताए । सागर मन्थनको समयमा भगवान र रक्षस बिच यो खेल भएको धार्मिक गन्थहरुमा उल्लेख गरेको पाइन्छ। कार्यक्रमको विषयमा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले नगरपालिकालाई चिनाउने उपयुक्त माध्यम खेल भएको बताए ।
कार्यक्रमा बोल्दै मानव अधिकार प्रतिष्टान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाले खेलले मानव जिवनलाई स्वास्थ्य राख्न खेल जरुरी रहेको बताए । समिति गठन कार्यक्रममा प्रमुख अतिथिको आसन वाट बोल्दै शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले युवाहरुलाई कुलत वाट टाडा राख्ना खलकुदको विकाश जरुरी रहेको बताए । खेलको विकाश नै नगरको विकाश हो उनले भने आफु निर्वाचित भए संगै प्रत्यक वर्ष नगर स्तरिय खेलकुद आयोजना गर्दे आएको बताए । विष्णु हमालको नेतृत्वमा ११ सदस्य समिति समते गठन भएको छ ।