जेसीजद्वारा विद्यार्थीलाई सचेतना प्रदान
तुलसीपुर, १३ माघ ।
तुलसीपुर नगर जेसिजको आयोजनामा आज विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई (नारायण) को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भास्कर गौतमको प्रमुख आतिथ्यता तथा बरिष्ठ साइकोलोजिस्ट डा. सुशील कडेल र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिहको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा १६ वटा बिद्यालयका ७३८ विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रमुख प्रशिक्षक डा. कडेलले विद्यार्थीहरुलाई मोबाईल प्रयोगको बारेमा सचेतना गराउनुको साथै पढाइलाइ कसरी अघि बढाउने बारेमा प्रशिक्षण दिएका थिए, भने डिएसपी शिव बहादुर शिहले साइबरक्राइमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम संयोजक तथा तुलसीपुर रनगर जेसिज बर्ष २०२१ का प्रबक्ता पूर्णबिक्रम डाँगीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा पूर्वध्यक्ष mरेन्द्र खरेलले सुभकामना मन्तव्य गरेका थिए, भने सहजीकरण महासचिब दामोदर न्यौपानेले गरेका थिए ।